नारायणीमा पानीको सतह घट्यो

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ ।

आज बिहान साढे ६ बजेसम्म नारायणी नदीमा पानीको सतह करिब २ मिटर तल झरेको छ । जलमापन केन्द्र देवघाटले देखाएको ग्राफमा सोमबार बिहान साढे ६ बजे त्यहाँ पानीको बहाव ८ दशमलव ५३ मिटर मात्र रहेको छ ।

यो लेबल नारायणीमा खतराको तहभन्दा तल हो । देवघाटमा पानीको सतह ९ मिटर पुग्दा खतराको संकेत भन्ने बुझिन्छ । २४ घण्टाअघि आइतबार बिहान यसै समयमा यहाँ पानीको बहाव ११ दशमलव ९३ मिटरमाथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate