विवादको घेरामा संस्कृत विश्वविद्यालय

काठमाडौँ, १५ असोज । नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धान परिषद् सदस्य नियुक्तिको विषयलाई लिएर विवाद चुलिएको छ। शिक्षाध्यक्षको अध्यक्षता र कार्यकारी निर्देशक सदस्य सचिव रहने परिषद्को सदस्य नियुक्तिमा भूगोल र समावेशीता नमिलेको भन्दै चौतर्फि बिरोध सुरु भएको हो।

विश्वविद्यालयको अनुसन्धान केन्द्र दाङमा रहेको हुँदा अनुसन्धानका कार्यहरुको निर्णायक भूमिकामा रहेको अनुसन्धान परिषद्का सदस्यहरु दाङ आसपासबाटै नियुक्त हुनुपर्ने भन्दै परिषद्मा नियुक्त सबै सदस्यहरु काठमाडौँका हुनुले आफूहरुलाई गम्भिर बनाएको सरोकारवालाहरुले जनाएका छन्। विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भिमप्रसाद खतिवडाले अनुसन्धान परिषद् गठनमा काठमाडौँ केन्द्रीत मानसिकता देखाउँदा विश्वविद्यालयमा विवाद चुलिएको हो।

आफ्नो अध्यक्षतामा रहने अनुसन्धान परिषद्का सदस्य चयनमा शिक्षाध्यक्ष खतिवडाले चार जना एउटै क्याम्पसमा कार्यरतहरुलाई नियुक्त गरेका छन्। बाल्मीकी विद्यापीठमा कार्यरत सह प्रा.डा. विष्ण दाहाल, सह प्रा. मुकुन्द लामिछाने, सह प्रा.डा. दिनेश पन्थी र प्रा.डा. भागवत ढकाललाई नियुक्ति गरेर शिक्षाध्यक्षले काठमाडौं केन्द्रीत मानसिकता देखाएका छन्। नौ सदस्यीय अनुसन्धान परिषद्मा ३ जना बाहेक सबै विश्वविद्यालयभित्रका हुनुपर्ने प्रावधान रहेकोमा शिक्षाध्यक्ष खतिवडाले अनुसन्धान केन्द्रको केन्द्रीय कार्यालय रहेको दाङलाई बेवास्ता गर्दै सबै बाहिरका नियुक्ति गरेर विश्वविद्यालयलाई खर्चको भार बोकाएका छन्।

शिक्षाध्यक्षद्वारा गठित परिषद्का अन्य सदस्यहरुमा प्रा.डा. दयाराम श्रेष्ठ काठमाडाँै, प्रा.डा. कृष्णचन्द्र शर्मा काठमाडौं र प्रा.डा. भागवत शर्मा दाङ रहेका छन्। अनुसन्धान केन्द्र काठमाडौँबाट दाङ सारेसँगै यसपूर्वको विश्वविद्यालय नेतृत्वले भूगोलको समावेशीता मिलाएर दाङबाट २, बाँकेबाट २, रुपन्देहीबाट १ र काठमाडौंबाट २ जनालाई परिषद् सदस्यमा नियुक्त गरेको थियो।

विश्वविद्यालयमा आर्थिक भार थपिने

नेपाल संस्कृत विश्वविद्यालयले नौ सदस्यीय अनुसन्धान परिषद्मा ६ जना काठमाडौँमा कार्यरतलाई परिषद् सदस्य नियुक्त गरेपछि विश्वविद्यालयमा आर्थिक भार थपिने भएको छ। विश्वविद्यालयका हरेक अनुसन्धानात्मक गतिविधिको निर्णय गर्ने परिषद् सदस्य नै जिल्ला बाहिरका हुँदा सदस्यहरुको व्यवस्थापनमा खर्च बढ्ने भएको हो।

अनुसन्धान केन्द्र काठमाडौँ सार्ने षड्यन्त्र भोः क्षेत्र विकास समिति

विश्वविद्यालयको अनुसन्धान केन्द्र काठमाडौँ सार्ने षड्यन्त्र भइरहेको भन्दै बेलझुण्डी क्षेत्र विकास समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

समितिका अध्यक्ष चन्द्रबहादुर ओलीले अनुसन्धान केन्द्र सार्ने षड्यन्त्रको गन्ध आइरहेकाले यसो भएमा संघर्ष गर्ने जानकारी दिए। काठमाडौँमा रहेको अनुसन्धान केन्द्रलाई दाङ ल्याउन जिल्लाबासीले गरेको संघर्ष स्मरण गराउँदै पुनः उतै सार्ने तयारीमा विश्वविद्यालय जुटेमा त्यसको बिरुद्ध जस्तोसुकै मुल्य चुकाउन पछाडि नपर्ने ओलीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर