नेकपाको निर्णय : प्रदेश नं. ४ को नाम गण्डकी हुने निश्चित

(असार २०, पोखरा) । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेसँगै प्रदेश नं. ४ को नाम गण्डकी रहने लगभग निश्चित जसतै भएको छ ।

आज वसेको नेकपाको वठकले सो निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा देखिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् ।

प्रदेशको नाम नाम के राख्ने भन्ने बारेमा पार्टीभित्रै फरक मत भएकाले बैठकमा नामांकनबारे मंगलबारको बैठकबाट पनि टुंगो लाग्न सकेको थिएन । तत्कालिन एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि तत्कालिन माओवादी तमुवान(मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए ।

नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ ।

प्रदेशको राजधानी र नामांकनबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको छ । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान-मगराँत, गोरखा र धौलागिरि नााम राख्न सुझाव दिइएको छ ।

मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate