महेन्द्र शान्तिका १७ विद्यार्थीलाई दाताबाट छात्रवृत्ति प्रदान

भक्तपुर, २४ साउन । सुर्यविनायक नगरपालिकाभरीकै उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि बालकोटबाट माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरी सोही विद्यालयमा ११ र १२ कक्षामा अध्ययनरत १७ जना विद्यार्थीलाई विभिन्न दाताहरुले छात्रवृत्ति प्रदान गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् बालकोटका शिक्षासेवी हेमन्तकुमार कार्कीको पहलमा दुईवर्ष अघि नै सो विद्यालयमा ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा अनूरुप ती विद्यार्थीलाई वार्षिक जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति दिईएको हो ।

छात्रवृत्ति वापतको रकम दाताहरुले ती विद्यार्थीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापा र सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईलाई शनिबार हस्तान्तरण गरेका हुन् ।

१७ जना विद्यार्थीमध्ये विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्कीले ४ जना, पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री , भोलासिंह सिलवाल र शिक्षिका सुधा केसीले २/२ जना, लवकुश कार्की, इन्जिनियर सुमनकुमार कार्की, पुर्णदास/हरिकृष्ण सामा,प्रदिप कार्की, मोहन रानाभाट, केशव रानाभाट र हरिशरण रानाभाटले एकएकजना विद्यार्थीलाई १२ कक्षाको लागि जनही १५ हजार रुपैयाँको दरमा छात्रवृत्ति प्रदान गरेका थिए ।

दाताहरुले कक्षा ११को लागि जनही १५ हजार र कक्षा १२ को लागि जनही १५ हजार गरि २ वर्षको लागि जनही ३० हजार रुपैयाँ छात्रवृत्ति उपलव्ध गराएका हुन् ।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्की, पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री र भोलासिंह सिलवाल, प्रधानाध्यापक गोपालविक्रम थापा र रामचन्द्र भट्टराईले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर