शिक्षा ऐन व्यवसायी मैत्री बनाउन प्रधानमन्त्री समक्ष नेकाको आग्रह

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको छ ।

आज वालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिंदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो ।

नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्यकुरेलले प्रम देउवा समक्ष छात्रवृत्ति ऐन अन्र्तगत नेकाले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा जान रोक्ने, शैक्षिक परामर्श संघहरुको दर्ता प्रक्रिया झन्झटिलो रहेको र त्यसलाई एकद्धार प्रणालीबाट लागु गर्न, कोभिडको असरले परामर्श व्यावसायीहरुको अवस्था दयनीय रहेकोले राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी शिक्षा ऐनमा समेटिएका कतिपय बुँदाहरु व्यावसाय मैत्री नभएकोमा व्यावसायी मैत्री बनाउन अध्यक्ष प्यकुरेलले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रालय अन्र्तगत रहेका शैक्षिक परामर्शको सम्पुर्ण समस्याहरुको समाधान गर्न राष्ट्रिय शैक्षिक परामर्श संघसँग सुझाव लिदै समन्वयकारी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको सचिव दिपक कोईरालले जानकारी दिनु भयो ।

भेटमा नेकाका अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ,सचिव दिपक कोइराला, कोषध्यक्ष रमण कोइराला, सदस्यहरु वि.पी शार्मा,विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित