के होला कक्षा १२ को परीक्षा ?

काठमाडौँ, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।

प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । 

राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए । 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर