गुरु बन्दना

प्रणाम गुरुदेव,

लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु छन कुन कुन मात्र जपौ’ । लाखौ औषधि छन कुन कुन मात्र खाऔँ । मन्दिरका मुर्ति बोल्दैनन को संग म याचना गरौँ ।

चित्रकारले नि भगवान नदेखि आफ्नै कल्पना र भावनाका आधारमा भगबानको आकृति बनाउदछ । आफुले पनि आज सम्म भगवान देखेको छैन कसलाई सम्झौं । म कस्तो भगवानको कल्पना गरौं ।

गंगाको पानीमा जन्मेर गंगाको पानीमै मर्ने माछालाई हेर्छु । पशुपतिको बरीपरी जीवनभर भौतारिरहेको बादरको पिडालाई हेर्छु । चर्च, गूम्बा र मस्जित बरिपरी घुमिरहने दुखि आत्माहरुलाई हर्छु । यो जीवन र जगत प्रति झन झन बैराग्य चलेर आउछ ।

गरुदेव, अहिले म तपाईको चरण कमलमा छु । तपाईको पाउ स्पर्श गर्न सक्छु । तपाईको बोली सुन्न सक्छु । मेरो ब्रहा, विष्ण’ र महेश्वर लयायत सम्पूण भगवान भनेकै तपाई हो । मलाई ज्ञान, बुद्धि, विबेक र आशिवार्द दिनुस जसले म पुर्ण मानव बनी यो जीवनलाई सहि तरीकाले जिउन सकौं ।

मेरा सबै गुरुहरुलाई कोटी कोटी प्रणाम ।

तेज बहादुर ढकाल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।  अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले