मानव बेचविखन : प्रहरीद्वारा १० महिलाको उद्धार

(असार ११, काठमाडौं) । नेपाल प्रहरीले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाने क्रममा १० महिलालाई उद्धार गरेको छ ।

नयाँ वसपार्क प्रहरी प्रभागले गोप्य सूचनाका आधारमा नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेका ति महिलाहरुको नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । उनीहरुलाई जागिर लगाइदिने प्रलोभनमा काठमाडौंबाट बुटवलहुदै भारत तर्फ लान लागिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै लैजाने व्यक्ति भने फरार रहेका छन् ।

त्यस्तै आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate