अघिल्लो वर्षकै निर्देशिकाअनुसार पढाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ, ९ असार । असारलगत्तै नयाँ शैक्षिक सत्र सुरु भएको छ । धेरै विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन थालिसकेका छन् । फेरि कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने आंकलन भइरहेको छ । त्यसैले तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सम्भावना देखिँदैन । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा गएको वर्षकै जस्तो वैकल्पिक विधिबाट चल्नुको उपाय नभएको बताएका छन । त्यसका लागि अघिल्लो वर्ष नै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका– २०७७’ जारी गरिसकिएकाले त्यसैमा टेकेर पढाइ गराउनुपर्ने उनको भनाइ छ । 

निर्देशिकामा रहेको पाँच समूहमध्ये  पहिलो नम्बरमा ग्रामिण क्षेत्रका बालबालिकाका लागि के गर्ने  भनेर प्रस्ट रुपमा भनिएकाले त्यसैअनुसार बालबालिकालाई पढाउनुपर्ने उनले बताए । स्रोत, साधनले भ्याए अनुसार र अहिलेको परिवेश अनुसार मन्त्रालयले पालिकाहरुसँग समन्वय गरिरहेको छ र आवश्यक परेमा थप सहयोग गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित