माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

काठमाडौँ, २४ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकराले प्रक्रिया अघि बढाएको हो ।

जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फारम भर्न लगाएको छ । फारम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवम् कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए ।

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फारम भर्न लगाइएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव