भक्तपुर, १८ माघ । सुर्यविनायक नगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति माविका विद्यार्थीहरुको स्वास्थ्य सचेतनातथा सुदृढीकरणका लागि सो विद्यालयमा वालस्वास्थ्य क्लव गठन गरिएको छ ।
विपि नेत्र प्रतिष्ठान अन्तर्गत वालआँखा, नाक, कान, घाँटी अस्पताल तथापुर्नस्थापना केन्द्र लौहकिल्थली भक्तपुरको समन्वयमा सो वाल स्वास्थ्यक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।
नवगठित १५ सदस्यीय वालक्लवको अध्यक्षमा विशाल शर्मा, उपाध्यक्षमा सुस्मा श्रेष्ठ, सचिवमा रमिन चौलागाई, कोषाध्यक्षमा जीवन वर्मा रहेका छन भने सदस्यहरुमा सुदिन वर्मा, सुरिप खड्का, अरुण मण्डल, अनिता साह, दिपा हुमागाई, आकृति तिमल्सिना, सुरज कुमार ठाकुर, रविन नेपाल, वितिशा तामांग, समता सापकोटा र चेतमान पुन मगर रहेका छन् ।
विपि नेत्र प्रतिष्ठानका प्रतिनिधि राम केसीका साथै विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापा र शिक्षिका सरस्वती थापाको उपस्थितिमा सो क्लव गठन गरिएको थियो । वाल स्वास्थ्यक्लव गठन पश्चात विद्यालयका विद्यार्थीहरुको रक्तचाप, तौल, उचाई र दृष्टि जाँच गरिएको थियो ।
धेरै मोवाइलचलाउने कारण पछिल्लो समयमाविद्यार्थीहरुमा दृष्टिको समस्याको साथै वजारको तयारी खानाकाकारण घाँटीसम्वन्धी रोग बढीरहेको सन्दर्भमाविद्यालयमा गठन गरिएकोवाल स्वास्थ्यक्लवले विद्यार्थीहरुमाती रोगका साथै अन्य रोगबारेसचेत गराउन मद्धत गर्न बताइएको छ ।






