भक्तपुर, ७ पौष । बालकोटस्थित बालकोट वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरोजकुमार कार्कीले आफ्नो ४५ औं जन्मदिनको अवसरमा मकवानपुर जिल्ला थाहा नगरपालिकास्थित सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीलाई १२ कक्षासम्मको अध्ययनको जिम्मेवारी वहन गरेका छन् ।
गत हप्ता त्यहाँ पुगेका उनका शिक्षासेवी पिता हेमन्तकुमार कार्कीले छोरा निरोजको तर्फबाट उक्त प्रतिवद्धता व्यक्त गरेर फर्केका हुन् । यसको साथै अध्यक्ष कार्कीको जन्मदिनकै अवसरमा उनका पिता हेमन्तकुमार कार्कीले भक्तपुरको दुवाकोटस्थित मानव कल्याण समाज (सेवा घर) को लागि नगद १० हजार बराबरको खाद्यान्न समेत सहयोग हस्तान्तरण गरेका छन् ।
बालकोटका स्थानीय सामाजिक अभियन्ता किरणकुमार शर्मा लगायतको सक्रियतामा विगत ४ वर्षदेखि धादिङ्ग जिल्लाका सामादायिक विद्यालयमा अध्ययनरत वालवालिकालाई लक्षित व्यक्तिगत रुपमा सहयोग गरिने यस अभियानवाट धादिगको दामेचौर, धुवाकोट र गहतेका ३९ वालवालिका लाभान्वित भएका छन् ।
आवश्यक कापीकलम, स्कुल ड्रेस, स्वेटर, झोला, सरसफाईको सामान र दशैकोलागि लुगा समेत प्रदान गरिने यस अभियानमा वालवालिकाको बचत गर्ने बानी बसाल्ने उद्देश्यले सहकारी वा बैंकमा न्यूनतम ५०० रकम जम्मा गरी खाता समेत खोलिएको छ ।
यस वर्ष ती ३९ जना वालवालिका वाहेक मकवानपुर जिल्लाको थाहा नगरपालिका विकट स्थानमा रहेको टिस्टुङ्ग देउराली आधारभूत विद्यालयका थप ४६ जना वालवालिकाकोलागि पनि कापीकलम र झोला वितरण गर्नुको साथै बानेश्वर निवासी सरिता पौडेलले थप एकजना वालिकाको लागि कक्षा १२ सम्म पढाईको जिÞम्मेवारी वहन गरेकी छन् भने सिरुटार भक्तपुर निवासी मनोज कार्कीले धादिङ्गको गहतेस्थित शारदा आधारभूत विद्यालयका २ वालकको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी वहन गरेका छन् ।
यसै गरी धादिङ्गकै डाँडीघाटस्थित सुन्दरी आधारभूत विद्यालयका ४५ जना वालवालिकाको लागि पनि कापीकलम वितरण गरिएको र एक युवा फुटवल क्लवलाई जर्सी र फुटवल समेत वितरण गरियो । विगत ४ वर्ष देखि दामेचौरस्थित आदर्श मावि र शिवशंकर प्राविका २८ वालवालिका र गतवर्ष देखि धुवाकोटस्थित तमैरातमाटे माविका ७ जना वालवालिकाले कक्षा १२ सम्मको शैक्षिक जिÞम्मेवारी विभिन्न समाजसेवी व्यक्तित्वले लिएको र ४ जना वालवालिका यस वर्ष १२ कक्षामा र ३ जना ११ कक्षा सम्म पुग्न सफल भएको यस अभियानका अभियन्ता किरणकुमार शर्माले जानकारी दिए । यस अभियानमा हालसम्म २५ जना समाजसेवीहरुको व्यक्तिगत सहयोग रहेको छ ।






