सचिव आचार्य, सिइओ कोईराला सहित पाँच विशिष्ट ब्यक्ति सम्मानीत

काठमाडौँ, २३ मंसिर । नेपाल सरकारका सचिव सुरेश आचार्य, माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासहित पाँच जना बिशिष्ट ब्यक्तित्व सम्मानित हुनु भएको छ ।

दावाँली मिलन क्लब भोजपुरले भक्तपुरको नगरकोटमा आयोजित कार्यक्रममा नेपाल सरकारका सचिव सुरेश आचार्य, वाग्मती सभ्यता एकिकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धब तिमिल्सिना, माछापुच्छ«े बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, लघुबिद्युत् ब्यबसायी विक्रम बिष्ट र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतलाई सम्मान गरेको हो ।

पूर्वअर्थमन्त्री तथा प्रशासक शंकर कोईराला र प्रतिनिधीसभा सदस्य यज्ञराज सुनुवार र क्लबका अध्यक्ष रोशन श्रेष्ठले उहाँरुलाई सम्मानपत्र र खाँदा ओढाई सम्मान गर्नुभएको हो । क्लबमा आबद्ध र भोजपुरमा जन्मिएका तथा राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रका बिशिष्ठ पदमा नियुक्त भई मुलुक निर्माणमा महत्वपूर्ण जिम्मेवारी बहन गर्न लाग्नुभएका ब्यक्तित्वलाई सम्मान गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गीतकार समेत रहनुभएका पुर्व अर्थमन्त्री कोईराला, प्रतिनिधीसभा सदस्य सुनुवार, प्रा डा उपेन्द्र कोईराला, पुर्व प्रधान सेनापति रुक्माङ्गत कटुवाल, सशस्त्र प्रहरीका पुर्व महानिरीक्षक दुर्जकुमार राई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, क्लबका सचिब डिल्लीश्वर प्रधान लगायतले दावाँली मिलन क्लब, सम्मानित ब्यक्तित्व र राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा भोजपुरे प्रतिभाले पारेको प्रभाव र योगदान बारे बोल्नुभएको थियो ।

त्यसअवसरमा संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिब श्याम तमोट, मेडिकल एशोसिएसनका अध्यक्ष डा। लोचन कार्की, क्लबका महासचिव सुरेन्द्र श्रेष्ठ लगायत भोजपुरको माटोमा मौलाएका बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो अवसरमा सम्मानित ब्यक्तित्व नेपाल सरकारका सचिब सुरेश आचार्य अर्थात गीतकार सियरा आचार्यद्धारा रचित सुमधुर गीतहरुको सांगीतिक संग्रह ९सीडी० ‘तिम्रो प्रेरणाले’ को प्रमोशन गरिएको थियो ।
बिभिन्न चर्चित गायक, गायिकाको स्वर र संगीतकारको संगीत समेटिएको सीडीको मङ्सिर अन्तिमसाता संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र संस्कृति पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा सार्वजनिक गर्ने तैयारी भैरहेको गीतकार सियरा आचार्यले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै सचिव आचार्यले क्लवको सम्मानले थप जिम्मेवारीसहित जनहितका कार्यमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो । अर्का सम्मानित व्यक्तित्व कोईरालाले सम्मानले गाउँ र देशको सेवामा थप सोच्न बाध्य पारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज