महेन्द्र शान्ति मावि बालकोटमा +२ पढ्न १७ जनालाई छात्रवृत्ति

भक्तपुर, ४ कार्तिक । सुर्यविनायक नगरपालिका भरीकै उत्कृष्ट सामुदायीक माविको रुपमा परिचित महेन्द्र शान्तिमावि बालकोटमा कक्षा ११ र १२ मा अध्ययनको लागि विभिन्न दाताहरुबाट यो वर्ष ४ सहित १७ जनाले छात्रवृत्ति पाएका छन् ।

गत वर्षदेखि कक्षा ११ को पढाई शुरु गरेको सो माविमा पहिलो वर्ष उक्त विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् शिक्षा सेवी हेमन्तकुमार कार्कीसहितको पहलमा विभिन्न दाताबाट गरि १३ जना विद्यार्थीले ११ र १२ कक्षामा पढ्नको लागि छात्रवृत्ति पाएका थिए ।

निवर्तमान अध्यक्ष एवम् शिक्षासेवी कार्की आफ्ना पिता स्व.कृष्णबहादुर कार्की, माता स्व.हीराकुमारी कार्की र दाई स्व.अर्जुन कार्कीको स्मृतिमा महेन्द्र शान्ति माविमा स्थापना गरेको ५ लाख रुपैयाँ छात्रवृत्ति (अक्षय) कोषका संस्थापक अध्यक्ष पनि हुन् ।

शैक्षिक सत्र २०७७/०७८ मा महेन्द्र शान्ति माविमा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएकामध्ये ४ जना जेहेन्दार विद्यार्थीमध्ये २ जनालाई सो छात्रवृत्ति कोषका अध्यक्ष कार्कीले र २ जनालाई सोही विद्यालयकी शिक्षिका सुधा केसीले छात्रवृत्ति उपलव्ध गराएका छन् ।

गतवर्षको एसईई परिक्षामा विद्यालय भरीमै सर्वाेत्कृष्ट भएका छात्र गोविन्द राजवंशी र छात्रतर्फ प्रथम भएका करिस्मा बस्नेतलाई कक्षा ११ र १२ मा अध्ययनको लागि छात्रवृत्ति कोषका अध्यक्ष कार्कीले छात्रवृत्ति दिएका हुन भने शिक्षिका केसीले समिपलिम्बु र सलिना खत्रीलाई छात्रवृत्ति दिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताए ।

यसअघि गतवर्ष अध्यक्ष कार्कीको साथै लवकुश कार्की, ई.सुमनकुमार कार्की, महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री, भोला सिंह सिलवाल, पुर्व सदस्य प्रदिप कार्की, समाजसेवीहरु ठाकुरदास सामा, मोहनबहादुर रानाभाट, हरिबहादुर रानाभाट, केशवबहादुर राना क्षत्रीले कक्षा ११ र १२ अध्ययनका लागि २ वर्षको छात्रवृत्ति उपलव्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित