अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउन जोड

काठमाडौँ, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दूव्र्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । उनले त्यसका लागि आवश्यक ऐन, कानून र निर्देशिका बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन ।

चबन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गरे ।

उनले कोभिड–१९ को बहानामा विद्यार्थीको एक शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित