‘रगत चाहिए भक्तपुर आउनुस् ’

भक्तपुर, २१ भदौ । भक्तपुरमा रगतको अभाव नरहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जनाएको छ । रेडक्रस शाखाले सञ्चालन गरेको रक्त-सञ्चार केन्द्रमा रगतको अभाव भएको छैन ।

काठमाण्डौ उपत्यकासहित काभ्रेपलाञ्चोकसम्मका बिरामीलाई समेत आवश्यक रगत वितरण गर्दै आएको सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । रक्तदानका कार्यक्रम कमी हुँदा र रक्तदातासमेत घटेको अवस्थामा बिरामीले सहज रगत नपाउने गरी केही दिन समस्या देखिए पनि अहिले रगत अभाव नरहेको जानकारी थापाले जानकारी दिनुभयो ।

शाखाले रक्तदान गर्न आह्वान गर्दै टोलटोलमा रक्तदान कार्यक्रम गर्न थालेपछि रगत सङ्कलन पर्याप्त भएकाले रगतको अभाव नभएको उहाँको भनाइ छ । ‘हिजो ३५० पिन्ट रगत संकलन भएको छ’ उहाँले भन्नुभयो,‘रगत चाहिए भक्तपुर आउनुस् ।’

काठमाण्डौको बाफलमा पनि रक्तदान
काठमाण्डौको बाफलमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ र सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा भएको रक्तदानमा ३० भन्दा बढी व्यक्तिले रगत दान गरेका क्लबका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो । कोरोनाका कारण काठमाण्डौ उपत्यकासहित देशभर रगत अभाव छ ।

नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आह्वान गर्दै आएको छ । एक महिना पहिले लायन्स क्लब अफ काठमाण्डौले ललितपुरको सानेपामा अक्सिजन बैंक स्थापना गरेको थियो । दुई सय सिलिण्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको क्लबले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित