फेरियो परीक्षा मापदण्ड

काठमाडौँ, ९ साउन । कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो ।  यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि तयार पारेको हो । कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियासमेत व्याख्या गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित