सानोठिमी क्याम्पसको नयाँ भवन निर्माणमा चरम लापरबाही र अनियमिता

काठमाडौँ, ८ साउन । सानोठिमी क्याम्पसको बहुउद्देश्यीय नयाँ भवन निर्माणको क्रममा चरम लापरवाही तथा अनियमिता भएको पाइएको छ ।

भवन निर्माण गरि क्याम्पसलाई हस्तान्तरण नगरिकनै सबै ठाउँबाट पानी चुहिने भएछ । यो सबै चरम लापरबाही र चरम अनियमिताको उपज हो । छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने सरोकारवालाको माग समेत रहेको छ ।

यस सानोठिमी क्याम्पसमा निवर्तमान क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको पालामा भ्रष्टाचार भएको ठहर गर्दै प्राध्यापकहरुले निरन्तर आन्दोलनमा रहेको र निजले भ्रष्टाचार गरेको कुरा राष्ट्रिय सतर्कता केन्द्रले पुष्टि समेत गरेको थियो । तर पनि शक्तिमा रहेका मानिसहरुलाई पटकपटक रिझाएर क्याम्पस क्याम्पस प्रवेश गरेका cam निवर्तमान क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको पालामा बनेको बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भई उद्घाटन समेत नभएको अवस्थामा उक्त भवनको walt bim बाट समेत पानी चुहिने देखिएको छ ।

यसले विगतदेखि नै भ्रष्टाचार भएको कुरालाई संकेत समेत गरेको छ । समग्र विश्वविद्यालयमा नेतृत्व गर्ने व्यक्तिहरूले कुनै निश्चित व्यक्तिलाई संरक्षण गर्दा आज कुल ५ करोड लागतमा निर्माण भएको क्याम्पसको बहुउद्देश्यीय भवन उद्घाटन हुनुपूर्व नै पानी चुहिने समस्या देखिनुले क्याम्पसको सम्पत्तिमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित