अब १० मिनेटमै कर दाखिला गर्न सकिने

काठमाडौँ, २ साउन । साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् ।

महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि प्रणालीले नै स्वतः करको हिसाबकिताब गरेर बक्यौता रहे नरहेको जानकारी तथा बक्यौता नरहेको अवस्थामा कर चुक्ता प्रणाली जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

साना करदाताको हकमा यो प्रणालीमा सहभागी हुन विभागले जारी गरेको आय विवरण तथा कर दाखिला फारम भने भर्नु पर्नेछ । उक्त फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, आफ्नो नाम, दस्तखत र मोबाइल नम्बर भने उल्लेख गर्नु पर्नेछ ।

यसरी करदाताले उपलब्ध गराएको उक्त फारमका आधारमा बैङ्कले विभागले तयार गरेको प्रणालीमार्फत तत्काल नै कर बक्यौता रहे नरहेको जानकारी, बक्यौता रहे तत्काल नै तिर्न सक्ने व्यवस्था र कर चुक्ता प्रणाली करदाताका लागि उपलब्ध गराउन सक्नेछ । यो प्रणालीमा करदाताले अबदेखि एक पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला पनि गर्न सक्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज