स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै, स्नातककाे पढाइ अत्तोपत्तो छैन

काठमाडौँ, २८ जेठ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अनलाइन कक्षा सञ्चालनमा ल्याउन वैशाख पहिलो साता क्याम्पसलाई निर्देशन दिएको थियो । विश्वविद्यालयको निर्देशनपछि धेरै क्याम्पसले विद्यार्थीको सेमेस्टर खेर नजाने गरी वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए । स्नातक तहमा भने अनलाइन कक्षाको प्रभावकारिता न्यून छ । स्नातकमा बीबीए तहको कक्षाको दोहो¥याएर पढाउने छ भने बीबीएस प्रथम वर्षमा पब्लिक युथ क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा त ल्याएको छ तर एक हजार विद्यार्थीमा ३० विद्यार्थीको पनि सहभागिता छैन ।

शिक्षा शास्त्रको पठनपाठन हुने राजधानीको महेन्द्ररत्न क्याम्पसमा स्नातक तहमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने भए पनि अझै विद्यार्थीसित क्याम्पसले सम्पर्क स्थापित गर्न सकेको छैन । व्यवस्थापन विषय अध्यापन हुने शङ्करदेव क्याम्पसमा एमबीएस कार्यक्रममा ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । स्नातकतर्फ बीबीएस कार्यक्रम भने सञ्चालन हुन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान

रसुवा, २८ असोज । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको

नेकपा (एमाले)को वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा