काठमाडौँ, ८ जेठ । ज्योति विकास बैकले हेल्थ फाउन्डेसन नेपालसँग दुई लाख बराबरको आर्थिक सहायतासहित सहकार्य गर्ने भएको छ।
बैंकले सामाजिक उत्तरदायित्वका लागि सृजना गरेको हाम्रो विकास प्रवर्धन कोषमार्फत् एचएफएनलाई कोरोना विरद्धको लडाइँमा संस्थाको एन ९५ यूभीजीआई डिकन्ट्यामिनेसन परियोजनाका लागि सहयोग गरेको जनाएको छ ।




