यस कारण ९० प्रतिशतलाई उच्च रक्तचाप भएको थाहा नै हुँदैन

काठमाडौँ, ४ जेठ । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।

नेपाल हार्ट फाउन्डेसनले जनाएअनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो ।

व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुत्ने, मदिरापान, धूम्रपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नहुने बताए । डा. रेग्मीले उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेजस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता अपनाउनुपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित