काठमाडौँ, २१ बैशाख । एनएमबी बैंकले फेसबुकको म्यासेन्जरबाटै खाता खोल्ने सुविधा ल्याएको छ ।
यो सेवाबाट मुद्दती निक्षेप र नविकरण गर्न सकिने बैंकले जानकारी दिएको छ । छरितो वित्तीय सुविधा दिनका लागि यो स्मार्ट सेवा ल्याइएको बैंकले जानकारी दिएको छ ।
फेसबुकबाटै बैंकिङ सेवा दिन लागिएको यो नेपालमै पहिलोपटक भएको बैंकले जानकारी दिएको छ ।





