काठमाडौँ, १९ वैशाख । राजधानीमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ सम्मेलन आयोजना गरिने भएको छ ।
दिवंगत भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर भोलि शनिबार ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो ।
प्रतिष्ठानका सल्लाहकार केशव आचार्यले राजश्व, भन्सार, चालु र पुँजीगत खर्च, सामाजिक सुरक्षालगायत बजेटका सबै पाटाबारे विज्ञहरुबीच अन्तरक्रिया गर्न लागिएको जानकारी दिए ।






