निक्षेप खाता घरबाटै खोल्न सकिने

काठमाडौँ, १६ वैशाख । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज आठ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त मुद्दतीको न्यूनतम अवधि तीन महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जनाइएको छ ।

बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी