चितवन, १५ वैशाख । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार विद्युत चुहावट भई आगलागी भएको हो । सो आगोलागी स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





