काठमाडौँ, १५ वैशाख । सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ ।
यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पताललाई पनि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) २५ थान हस्तान्तरण गरेको छ ।
धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा.शिशिर देवकोटालाई उक्त पीपीई हस्तान्तरण गरिएको हो ।





