कोरोना कोषमा महालक्ष्मी बैंकको ५० लाख सहयोग

काठमाडौँ, ९ वैशाख । सरकारको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा महालक्ष्मी विकास बैंकले ५० लाख रुपैया उपलब्ध गराउने भएको छ ।

बैंक केन्द्रीय व्यवस्थापनले प्रति प्रदेश ४ लाख रुपैयाँ, केन्द्रीय कोषलाई १२ लाख रुपैयाँ र स्थानीय निकायले पाउने गरी १० लाख रुपैयाको दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

बैंकले गरेको निर्णय अनुसार बागमती प्रदेश सरकारलाई सोमबार नै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । बैंकका अनुसार प्रदेश राजधानी भएको स्थानका बैंक शाखाबाट प्रदेशलाई र बाँकी रकम केन्द्रीय स्तरबाट उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज