भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने

फिनल्याण्डको गणित, न्युजिल्याण्डको विज्ञान र नेदरल्याण्डको नाट्य कक्षा

भक्तपुर, ६ वैशाख । सरकारले विद्यालयको पाठ्यक्रमबाट संस्कृत विषय हटाएको लामो समय वितिसक्यो । नेपाली विषय पनि विद्यालयमा उटा मात्रै र अरु सबै विषय अंग्रेजीमा मात्रै पढाई हुन्छ । यस्तो अवस्थामा भक्तपुर युरो किड्स सल्लाघारीले संस्कृत विषयलाई पुर्नजीवित गर्दै चालु शैक्षिक सत्रदेखि आफ्ना विद्यार्थीलाई ऐच्छिक विषयको रुपमा संस्कृत विषय पढाउने तयारी गरेको छ ।

स्थापनाको ५औं वर्ष प्रवेशको अवसरमा १ देखि ४ कक्षासम्मका विद्यार्थीलाई संस्कृत विषय अध्यापन गर्न लागेकोे विद्यालयका कार्यकारी अध्यक्ष नवराज काफ्लेले बताए ।

अभिभावकहरुको चाहना र सहमतिमा विद्यालयले चालु शैक्षिक सत्रदेखि संस्कृत विषयलाई ऐच्छिक विषयको रुपमा अध्यापन गर्न लागेको हो । भक्तपुरका नीजि विद्यालयहरुमध्ये भक्तपुर युरो किड्स संस्कृत विषय अध्यापन शुरु गर्ने पहिलो नीजि विद्यालय हुने विद्यालयले दावी गरेको छ ।

‘यो वर्ष हामी संस्कृतलाई भाषाको रुपमा ऐच्छिक विषय मानेर पढाउँदैछौ, यसको नतिजा हेरेर अर्काे वर्षदेखि नियमित कक्षा पनि सञ्चालन गर्न सकिन्छ’—उनले भने ।

विद्यालयमा संस्कृत विषय पढाउने विषयमा भक्तपुर युरो किड्सले संस्कृत विषयका स्नातकोत्तर (आचार्य), काठमाण्डौ स्कुल अफ ल का प्राध्यापक एवम् वैदिक सनातन कर्मकाण्ड महासंघ भक्तपुरका अध्यक्ष डिल्लीराम गौतमसंग परामर्श गरेर कक्षा अनुसारका विद्यार्थीको लागि नयाँ र सरल पाठ्यक्रम तयार गरिराखेको अध्यक्ष काफ्लेले बताए ।

विद्यार्थीलाई पुर्वीय सभ्यता सिकाउनुको साथै नैतिक जिम्मेवार बनाउन थप सहयोग गर्ने वहुआयामिक विषयको रुपमा रहेको संस्कृत भाषा पढ्न जान्ने विद्यार्थीलाई भविष्यमा फ्रेन्च, जर्मन, चाइनिज लगायतका भाषाबारे ज्ञान लिन सजिलो हुने अध्यक्ष काफ्लेले दावी गरे । नेपालमा हराउन लागेको संस्कृत विषयको अध्यापन संसारका चर्चित अक्सफोर्ड विश्वविद्यालय अमेरिकादेखि इटाली, जर्मनी लगायतका मुलुकमा भने अध्यापन हुँदै आएको छ ।

अधिकाँश धर्मग्रन्थ र पुर्वीय दर्शनहरु संस्कृत भाषामा रहेकोले संस्कृत भाषा जान्ने विद्यार्थीलाई यस्ता दर्शन शास्त्रहरु अध्ययन गर्दै त्यसभित्रका गहन ज्ञान लिन निकै सघाउ पुग्ने काफ्लेले बताए ।

भक्तपुरका अन्य नीजी विद्यालयभन्दा फरक ढंगले सञ्चालन हुदै आएको भक्तपुर युरो किड्समा गत वर्षको शैक्षिक सत्रदेखि नै फिनल्याण्डको शैक्षिक पाठ्यक्रम अनुसारको कम्प्युटरमा खेल्दै सिक्ने गणित विषय र न्युजिल्याण्डको विज्ञान विषयसंग सम्वन्धित शिक्षण विधि थ्री डाइमेन्सनल इमेज (थीडिआई) पनि अध्यापन गरिँदै आएको विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले बताइन् ।

यसको अलावा नेदरल्याण्डका स्वयमसेवक शिक्षकहरुबाट नाटक कक्षा सञ्चालन गर्नुको साथै विद्यालयमा नियमित जस्तो योगा, खेलकूद, ललितकला र चित्रकलाका कक्षा सञ्चालन हुँदै आएको छ ।

भक्तपुर युरो किड्स, आफ्ना विद्यार्थीलाई पढाईको साथै पछिल्लो समयमा अभिभावकहरुको सहयोगमा लकडाउनको समयको सदुपयोग गर्दै आआफ्नो घरका सबै व्यवहारिक काम सिकाउन सफल भएर चर्चा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीको काम–कारबाहीलाई नागरिकले अडियो वा भिडियोका माध्यमबाट रेकर्ड गर्न पाउने संवैधानिक