रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

काठमाडौँ, ६ वैशाख । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फेरेन्समा सहभागी विज्ञहरुले बताएका हुन् ।

कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् । कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज