काठमाडौँ, ५ वैशाख । महेश मार्गको बारेमा म भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ७ साबिक गुण्डु गाविस वडा नं ७ किवाचोक महेश मार्ग बस्ने राजु थापा हुँ । मेरो पूर्खा विगत बाह्र, तेह्र पुस्तादेखि यसै ठाउँका रैथाने बसिन्दा हो । मेरो घर सूर्यविनायक चोकबाट ४ किमी सल्लाघारी चोकबाट ३ किमी र ठिमीबाट ३ किमीको दुरीमा पर्दछ ।
दुई बर्ष अगाडीसम्म हाम्रो गाउँ प्रवेश गर्ने तिनवटै नाका भिर पैह्रो पुल नभएर र ठाडा ठाडा उकालो भएको कारण एम्बुलेन्स समेत आउन नसक्ने अवस्थामा थियो । साबिक वडा ७ मा करिब ७ सय मतदाता भएकोमा ४ सय ५० नेमकिपा १ सय ५० कांग्रेस, राप्रपा ८० र एमालेको २२ भोट थियो ।

महेश दाइ गाविस अध्यक्ष जित्दा यो वडाबाट प्राप्त मत हो यो । हामीले पटक, पटकको चुनावमा यी तिनवटा नाका खोल्ने माग गरेर जन प्रतिनिधि जिताएर पठायौं । कांग्रेसबाट ०४९ मा जगन्नाथ आचार्य, ०५५ मा लेखनाथ न्यौपाने र ०७० सालमा रामेश्वर ढुंगेल जिताएर पठायौं । त्यस्तै नेमकिपाबाट ०५१ मा आशाकाजी बासुकला र ०६४ मा सुनिल प्रजापतीलाई जिताएर पठायौं ।
हरेक पटकको हाम्रो मागमा उहाँहरुको मीठो आश्वासन सधै प्राप्त भयो । तर काम कहिले भएन । गाउँकै भएर नि हामीले नपत्याएको भोट नहालेको महेश बस्नेत जब ०७० को चुनाव हारेपनी ०७१ सालमा मन्त्री बने पछी गाउँको उकालो ढलान गर्न थाले । ०७२ को भुकम्पको बेला घर घरमा रहात लिएर आए र टनेल हाउस बनाए र गरिब र गाउँ बासीको मन जिते ।

जब ०७४ सालको चुनावमा हामीले महेश बस्नेतलाई मनमा केही दुबिधा बोकेर भोट हाल्यौं । दुई बर्ष भित्र नाटकिय परिबर्तन भयो । तीन वटा मध्य २ वटा पुल बन्यो र एउटा बन्ने चरणमा छ । सूर्यविनायकबाट आउने घुम्ती किवाचोक खण्डको २ कि मी (८ मि चौडा) बाटो कालोपत्र भैसकेको छ । सल्लाघारीबाट आउने गुण्डु खण्डको सडक्को उकालो ढलान र पिच भैसकेको छ । ठिमीबाट आउने सडकको उकालो ढलान भैसकेको र नयाँ पिचको लागि थप २ करोड बजेट परेर काम भैरहेको छ ।
हाममीले त्यो बाटोको कांग्रेसका नेताको नाम जगन्नाथ पथ, लेखनाथ पथ, रामेश्वर पथ बनाउन चाहेका थियौ । अथवा नेमकिपाको नेताको नाम आसाकाजी मार्ग वा सुनिल मार्ग बनाउन चाहेका थियौं । तर उहाँहरुको पहलमा हामीले १ पैसा बजेट प्रप्त गरेनौ । उल्टो उकालोको अफ्ठेरो बाटोमा मोटरसाइकल दुर्घटनाको कारण बुढिगण्डकी खोलामा डुबेर योगेश खातिको मृत्यु हुन पिग्यो ।
हो यही दौरान हामी सबै स्थानीय बासिन्दा जम्मा भयौं र हाम्रो गाउँको उदाउँदो तारा महेशलाई बिगतमा पहिचान गर्न नसकेको अनुभुती सहित उक्त सडकको नाम महेश मार्ग लेख्यौं ।

लक डाउनको उल्लघन गर्दै गाउँ पसेका कटुन्जे निवासी किरण खड्का र दिपक थापाले उक्त नामाकरण गरेको बोर्डको फोटो खिचेर पत्रकार अजय बाबू सिवाकोटीलाई दिएछन र हाम्रो कुरा डटकममा समाचार छापेछन । हामी किवाचोक निवासी अगुवा बसेर यो निर्णय गरेका छौ । हाम्रो बाटोको नाम महेश मार्ग नै रहन्छ यो नाम महेश दाइले राखेको नाम होइन जनताले राखेको नाम हो ।
अजय जी आउनुहोस् जनमत संग्रह गरौं । त्यसपछि आउने जनताको कुरा हाम्रो कुरा हुन्छ नत्र त्यो कुरा केही फटाहाको आडमा लेखेको तपाईंको कुरा हो । हाम्रो कुरा होइन ।






