काठमाडौँ, ४ चैत । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीद्वारा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रत्यक्ष असर नेपालमा समेत परेकाले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक योगदान गरेको छ ।
विगत केहि महिना देखि विश्वभर फैलिरहेको कोभिड–१९ र त्यसबाट भै रहेको संक्रमणको कारण हाल नेपालीहरुले समेत भोगिरहेको विभिन्न किसिमका समस्या समाधान गर्ने तथा सो रोगबाट पर्ने प्रभाव कम गरी नेपाली नागरिकलाई सुरक्षित राख्ने कार्यमा जुट्नु पर्ने तथा नेपाल सरकारले चालेका कदमहरुमा आ–आफ्नो तहबाट सहयोग गर्नु हामी सबैको कर्तब्य भएको उल्लेख गर्दै उक्त सहयोग हस्तान्तरण गरेको हो ।
नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अग्रपंक्तिमा रही अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस कम्पनीले रु. ७ लाख ५० हजार रकमको चेक उक्त कोषमा जम्मा गरेको छ । कम्पनीले सबै नेपाली एक भएर नेपाल सरकारको प्रयासमा हातेमालो गर्दै यस महामारी विरुद्ध विजय हासिल गर्ने कार्यमा जुट्न हार्दिक अपिल समेत गरेको छ ।






