एसईई लकडाउन खुलेलगत्तै हुने, सामाजिक दूरी कायम गर्दै परीक्षा

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो ।

त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन शुरू गरेको छ । गएको चैत ६ गतेदेखि एसईई, वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षाको मिति तय गरेको थियो । सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीको काम–कारबाहीलाई नागरिकले अडियो वा भिडियोका माध्यमबाट रेकर्ड गर्न पाउने संवैधानिक