१ प्रतिशत ब्याजदर घटाउँदा बैंकलाई डेढ अर्ब बढी नाफा

काठमाडौँ, ३ वैशाख । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ । यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो । कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तमा २७ वाणिज्य बैंकसँग ३० खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसमध्ये झण्डै आधा अर्थात् ४९ प्रतिशत मुद्दति निक्षेप थियो । नेपाली बैंकहरूले औसत ३ महिना अवधिको मुद्दति निक्षेप बढी लिएका छन् । जसका कारण सुरुको महिना करिब २० प्रतिशत मुद्दति निक्षेप परिपक्व हुने बैंकर्स बताउँछन् ।

बैंकर्सका अनुसार नयाँ ब्याजदर नीतिले कुल निक्षेपको ६० प्रतिशत रकममा अब बैंकहरूले १ प्रतिशत कम ब्याज तिरे पुग्छ । त्यसबाट वाणिज्य बैंकहरूलाई मात्रै वैशाखमा १ अर्ब ५८ करोड रुपैयाँ अतिरिक्त नाफा प्राप्त हुनेछ ।

बैंकर्सले कर्जाको ब्याज भने जेठ १ गतेबाट मात्रै घटाउने भनेका छन् । निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याजदर वैशाखबाट घट्ने, ऋणीसँग लिने ब्याज जेठमा मात्रै घट्ने हुँदा बैंकहरूलाई यति ठूलो नाफा पुगेको हो । विकास बैंक र वित्त कम्पनीले पनि यसरी नै नाफा आर्जन गर्नेछन् । तर, बैंकर्सले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिका कारण यस्तो देखिएको बताए । याे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज