कोरोना नियन्त्रण तथा उपचारका लागि डेढ खर्ब बजेट

काठमाडौँ, २ बैशाख । ‘लकडाउन’का बेला उपचार, राहत तथा आर्थिक पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ । रकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब २८ करोड रुपैयाँ पुग्ने अनुमान छ । यो रकम यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.९ प्रतिशत हो ।

मन्त्रिपरिषद्को चैत १६ मा बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरूका लागि राहत सुविधा प्रदान गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले औषत चार महिनासम्म यी कार्यक्रम सञ्चालन गर्दा हुन सक्ने खर्च अनुमान गरेको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम स्वास्थ्य क्षेत्रमा खर्च हुने आकलन छ, दोस्रोमा आर्थिक क्षेत्र । स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको राहत कार्यक्रमको लागत ६४ अर्ब ९४ करोड रुपैयाँ पुग्ने देखिन्छ । यो जीडीपीको १.७ प्रतिशत हो ।

स्वास्थ्य सेवामा खटिने कर्मचारीलाई मासिक ३४ हजार रुपैयाँ ७५ प्रतिशत प्रोत्साहन खर्च दिने घोषणा सरकारले गरेको थियो । १ लाख १० हजार कर्मचारीलाई २५ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन दिनुपर्ने हुन्छ । चार महिनासम्म प्रोत्साहनबापत दिइने यस्तो खर्च ११ अर्ब २२ करोड रुपैयाँ छ ।

गम्भीर प्रकृतिका ५ हजार बिरामीलाई सय दिनसम्म उपचार गर्नुपर्ने हुन सक्छ । एक बिरामीलाई ३८ हजार १ सय १८ रुपैयाँका दरले खर्च लाग्ने अनुमान गरिएको छ । यसको कुल लागत १९ अर्ब ६ करोड रुपैयाँ पर्छ । सामान्य प्रकृतिका १० हजार जनासम्म बिरामीलाई उपचार गर्ने अनुमान गरिएको छ । त्यस्ता बिरामीलाई ३० दिन उपचार गर्दा प्रतिव्यक्ति २३ हजार ९ सय ९६ रुपैयाँसम्म खर्च हुन सक्छ । यसका लागि ७ अर्ब २० करोड रुपैयाँ खर्च लाग्छ ।

स्वास्थ्य सामग्री खरिद गर्न १० अर्ब छुट्याइएको छ । न्यून आय भएका १३ लाख ५० हजार जनालाई खाद्यान्न र अन्य राहतका लागि १६ अर्ब २० करोड रुपैयाँ लाग्ने आकलन छ । ३ हजार रुपैयाँका दरले चार महिनासम्मको लागत अनुमान हो । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज