राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस

काठमाडौँ, २४ चैत । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

गभर्नर छनौट सिफारिस समितिले मायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।
समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने छ भने एकजनो राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज