घरायसी काममा सघाउँदै युरो किड्स भक्तपुरका विद्यार्थी

डिजिटल माध्यमबाट विद्यार्थीको कक्षा लिँदै विद्यालय

भक्तपुर, २३ चैत । बलराम प्यासी । विश्वव्यापी सरुवा तथा संक्रामक रोग ‘कोरोना भाईरस कोविड—१९’ को कारण नेपालमा पनि लकडाउन लागु भएको वर्तमान अवस्थामा नेपालका सबै विद्यालय बन्द छन भने अधिकाँश विद्यार्थी आआफ्नो घरमा मोवाइल चलाउन व्यस्त छन । कतिजना त टेलिभिजनमा कार्टुन हेर्न व्यस्त छन ।

तर भक्तपुर युरो किड्स सल्लाघारीमा सानो कक्षामा अध्ययनरत विद्यार्थीदेखि युरो सिनीयरसम्मका विद्यार्थी भने आ—आफ्नो घरको घरायसी काममा आफ्ना अभिभावकहरुलाई जानी नजानी सहयोग गर्दै आईरहेका छन् ।

विद्यार्थीलाई पढाईको साथै संस्कार र घरायसी कार्यमा सघाउने व्यवहारिक शिक्षा दिने भक्तपुर युरो किड्स नै संभवत् भक्तपुरको पहिलो विद्यालय बनेको विद्यालयको दावी छ ।

सो विद्यालय अन्तर्राष्ट्रिय शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलको फ्रेन्चाइज विद्यालय र स्थापनाको ३ वर्षमै ‘इमरजिङ्ग सेन्टर’ अर्थात उदाउँदो केन्द्रको रुपमा पुरस्कृत विद्यालय हो ।

पछिल्लो समयमा अभिभावकहरुले नै आफ्ना छोराछोरीले परिक्षामा धेरै अंक ल्याओस् तर घरको कुनै पनि काम नगरोस् भनेर पुल्पुल्याउने गरेको बेलामा भक्तपुर युरो किड्सले भने कम्तिमा पनि लकडाउनको अवधिभर अभिभावकहरुले आफ्ना छोराछोरीलाई सबै किसीमको घरायसी काममा सघाउन अनुरोध गरेको हो । सोही अनूरुप केटाकेटीले पनि घरको सबै काममा जानी नजानी आफ्ना अभिभावकहरुलाई सघाउन थालेका हुन ।

भान्सामा पकाएको खानेकुरा बराबर गरि आफ्ना अभिभावकहरुलाई पस्किनु, ममीसंग लुगा धुन र घरको सरसफाई कार्यमा सघाउनु, करेसाबारी र वगैँचामा वोटविरुवाको गोडमेल र स्याहारसुसार गर्दै पानी हाल्नु, कोठाको सामान मिलाउनु, हजुुबा हजुरआमा, बाबा ममी, दाई दिदी र भाईवैनीको स्वास्थयको ख्याल गर्नु अहिले ति साना केटाकेटीको दैनिकीजस्तै भएकोमा अभिभावकहरु पनि दंग परेका छन् ।
कक्षा २ की मनुषा भण्डारी भान्साको भाँडा धुन, युरो सिनीयर सर्विका रानाभाट करेसावारीको पात पतिंगर तह लगाउन, नर्सरी कक्षाकी सान्विका भट्टराई र ३ कक्षाकी मन्जिता गिरी वोटविरुवाको गोडमेल गर्न , प्लेग्रुपकी मेधास्वी भट्टराई र युरो जुनियरका समनकृत सुवेदी चित्रकला बनाउन, कक्षा १ का पिसियस केसी ममीलाई कपडा धुन सघाउन थालेका छन । उनीहरुमात्रै नभई युरो किड्सका सबै विद्यार्थी घरायसी काममा हात हाल्न जुटेका छन् ।

केटाकेटीको पहिलो विद्यालय नै घर भएकोले उनीहरुले घरमा सिकेको घर व्यवहार, संस्कार, आदर सत्कारले उनीहरुलाई ठुलो भएसम्म सघाउने विद्यालयको धारणा छ । ‘अहिलेको प्रतिष्पर्धि समयमा विद्यार्थीहरुले किताव पढेर मात्रै केही हुनेवाला छैन, पढाईको साथसाथै सबै काममा निपुण हुनु जरुरी छ’—भक्तपुर युरो किड्सका कार्यकारी अध्यक्ष नवराज काफ्लेले भने ।

लकडाउनको कारण विद्यालयको नियमित कक्षा सञ्चालन हुन नसकेतापनि विद्यालयले अनलाइन कक्षामार्फत घरमै बसेर पढ्ने र सिक्ने काम सिकाईराखेको विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले बताइन् ।

विद्यालयले युरोपियन स्तरको व्यवहारिक शिक्षा दिने प्रणाली लागु गरि आफ्ना विद्यार्थीलाई अन्य विद्यालयभन्दा फरक शिक्षा दिन शुरु गरिएको अष्ट्रेलियाबाट शिक्षण विधिमा स्नातकोत्तर अध्ययन सकेर फर्केकी संस्थापक प्रिन्सिपल गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीको काम–कारबाहीलाई नागरिकले अडियो वा भिडियोका माध्यमबाट रेकर्ड गर्न पाउने संवैधानिक