एसईईका लागि दुई साताको समय दिइने : १२ र ११ को लकडाउनमा भरपर्ने

काठमाडौँ, २१ चैत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने तथा विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने बताउनुभयो । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँले बताउनुभयो ।

यसैबीच, सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ । यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताउनुभयो । लक डाउन खुलेको अवस्थामा पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान

रसुवा, २८ असोज । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको

नेकपा (एमाले)को वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा