काठमाडौँ, चैत । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि राष्ट्रिय राहत कोषमा ७० लाख सहयोग गरेको छ ।
प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग गरेको हो । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको बैंकले बताएको छ ।




