हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

काठमाडौँ, १६ चैत । नोबेल कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैंयाँ सहयोग गर्ने भएको छ ।

बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो । लाखाँै मानिसहरू संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केही व्यक्तिहरूमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर गर्दै सहयोग गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त सहयोग कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू खरिद गर्न प्रयोग हुने विश्वास लिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज