काठमाडौँ, १२ चैत । COVID19 लाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।
#क) पहिलो चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण !
#ख) दोस्रो चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण !!
#ग) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID 2019 पोजेटिभ देखिने चरण !!!
#घ) चौथो चरण- महामारीको चरण !!!!
#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।
#गल्ति:
#क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो ।
#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे । एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो ।
#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।
#घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।
#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ। त्यो तपाईं हामीले सोंचेभन्दा १०० टाईम्स् भयानक छ । भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।
#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID 2019 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।
#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने !
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने !
ग) हात धोइरहने !
घ) मास्कको प्रयोग गर्ने !
ङ) सहि सुचना लिने र दिने !
छ) भिड र हुलबाट टाढा रहने !
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने !
झ) COVID19 लक्षण देखिए तुरून्त अस्पताल जाने !




