मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्धारित समयमै सञ्चालनमा ल्याउँछौं: अध्यक्ष ढकाल

काठमाडौँ, १३ मंसिर । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयमै सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित आइएमई ग्रुपको लगानीमा बनिरहेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत अवलोकन तथा अनुगमन गर्दै अध्यक्ष ढकालले गत असोजमा आएको बाढीका कारण आयोजनामा ठूलो क्षती भएता पनि यसपटक बाढीका कारण लागत केही बढ्ने अवस्था देखिए पनि समय र गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जनाउनुभयो । बाढीले बिगारेका संरचनाहरू पुनर्निर्माण गर्नुपर्दा आयोजनाको समय लम्बिने हो कि भन्ने चिन्ता रहेको उल्लेख गर्दै उहाँले समयमै काम सक्न हामीले अहिले निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेका जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो एउटा सामान्य सिद्धान्त छ-कुनै पनि परियोजना तोकिएकै समय, गुणस्तर र लागतभित्र सम्पन्न हुनुपर्छ । यसपटक बाढीका कारण लागत केही बढ्ने अवस्था देखिए पनि समय र गुणस्तरमा कुनै सम्झौता गरिने छैन । निर्धारित समयमै काम सकेर आयोजना सञ्चालनमा ल्याउनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १३ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले

काठमाडौँ, १३ मंसिर । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ

काठमाडौँ, १३ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

काठमाडौँ, १३ मंसिर । त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी