सरकारले विधिको शासनमाथि गम्भीर प्रहार गर्दैछ: नेता आङ्देम्बे

काठमाडौँ, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विष्मराज आङ्देम्बेले वर्तमान शालेन्द्र शाह नेतृत्वको सरकारले विधिको शासनमाथि गम्भीर प्रहार गरिरहेको भन्दै आक्रोस जनाएका छन् ।

हिरासतमा रहेका इनम रापकोटाले आफ्नो श्रीमतीमार्फत राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीले सार्वजनिक गरेका तथ्यहरु गम्भीर प्रकृतिको रहेको भन्दै उनले सापकोटालाई आफुले भने अनुसार बयान नदिए फसाईदिने जस्ता धम्की दिनु विधिको शासनमाथि गम्भीर प्रहार भएको दावी गरेका छन् ।

राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्नेमा जोड दिँदै उनले प्रधानमन्त्री शाहलाई उक्त कुराहरुको जवाफ माग गरेका छन् । अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उल्लेख गर्दै उनले केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती भएको बताए ।

उनले भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा लगायत अन्य ब्यक्तिहरुलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोवाईल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय होइन । यो विधिको शासनमाथिको गम्भीर प्रहार हो । हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन् । अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो । प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ । तैपनि प्रश्न गर्न चाहन्छु ( सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ रु यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो । सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विष्मराज आङ्देम्बेले वर्तमान शालेन्द्र शाह नेतृत्वको सरकारले विधिको

दैलेख, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास

पाल्पा, १३ मंसिर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।