झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

काठमाडौँ, १३ मंसिर । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को पैंकी क्षेत्रमा स्कोर्पियो र अर्को एक गाडी राति करिब २ बजे ठोक्किएका थिए । दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले पुष्टि गरेको छ ।

बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा चढेर रामगढ जिल्लाको रजरप्पा मन्दिरमा पूजा गर्न जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते एक जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १३ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले

काठमाडौँ, १३ मंसिर । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ

नवलपुर, १३ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ

काठमाडौँ, १३ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।