काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।
केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।
बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।






