लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ, ९ मंसिर । काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम छन् ।

उनीहरुको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल एक हजार पाँच थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ

रोल्पा, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सधैँ सत्तामा नरहने

काठमाडौँ, ९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने

काठमाडौँ, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल