ग्यास अभाव हुन नदिन सरकारको निर्देशन

काठमाडौँ, ९ मंसिर । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।

नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मंगलबार जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो ।

निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन निर्देशन दिएको छ । त्यसैगरी, ग्यास विक्रेताहरू तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित

काठमाडौँ, ९ मंसिर ।काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका

काठमाडौँ, ९ मंसिर । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका

सप्तरी, ९ मंसिर । रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । गएराति साढे १ बजे