विष्णु माझीको नयाँ गीत ‘फूल प्याउलीको’ सार्वजनिक

काठमाडौँ, २१ कार्तिक । चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ ।

मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार वसन्त थापाले साथ दिएका छन् । गीतलाई ‘एसएस सिरिज’ युट्युबमा सार्वजनिक गरिएको हो ।

फूल प्याउलीको’मा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द छ भने संगीत स्वयं गायक वसन्त थापाले भरेका हुन् । नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा विदेश, शहरदेखि दिक्क भएर आफ्नो गाउँ ठाउँ ठिकै हो, गाउँका फुल परिवेश राम्रा छन् भन्ने  परिवेशको वर्णन गरिएको गीतमा विष्णु माझीको जादुमय स्वर र वसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ ।

गीतको भिडियो पनि बनेको छ । भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्दीय उपाध्यक्ष राम बहादुर थापा (बादल)ले बालेन शाह नेतृत्वको सरकारले पश्चिममा शत्तिहरूकाे

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा