काठमाडौँ, १७ कार्तिक । अर्थ मन्त्रालयअन्तर्गतको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका निम्ति सरकारले पाँचजनालाई ‘सर्टलिस्ट’ गरेको छ ।
अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मालाई संक्षिप्त सूचीमा छनोट गरिएको हो ।
उनीहरूलाई व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ताका निम्ति बोलाइएको छ । छनोटमा परेका उमेदवारले आउँदो मंसिर ५ गते व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति दिनुपर्नेछ ।
मंसिर ६ गते अन्तर्वार्ता हुुने गरी मिति तोकिएको छ ।







