दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका